Posts

Showing posts from 2026

अन्तर्राष्ट्रिय सम्बन्धको जग

अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ तोयनिधी विगाह्य स्थितः पृथिव्या इव मानदण्डः ।। (उत्तर दिशामा अवस्थित जहाँ देवताको आत्मा बसोवास गरेको छ, त्यहाँ हिमालय नाम गरेको पर्वत शृङ्खला छ र त्यस पर्वत शृङ्खलामा एक राजा (सबैभन्दा अग्लो) पर्वत छ । त्यस पर्वतको पूर्व पश्चिमबाट ठुला नदी बगेर समुद्रमा मिसिन्छन्, त्यही नै पृथ्वीको केन्द्र (मानदण्ड) हो ।) यसरी महान् संस्कृत कवि कालिदासले ‘कुमारसम्भव’ महाकाव्यमा ‘हिमालय पृथ्वीको केन्द्र हो’ भनी उल्लेख गरेका छन् । नेपाल दक्षिण एसियामा अवस्थित एक प्राचीन हिमाली देश हो । नेपाल विश्वकै प्राचीन देशमध्ये एक हो भने दक्षिण एसियामा सबैभन्दा पुरानो देश हो । लगभग सम्पूर्ण दक्षिण एसिया बेलायतको उपनिवेश हुँदासमेत नेपाल स्वतन्त्र राष्ट्रको रूपमा आफ्नो अस्तित्व कायम राख्न सफल रह्यो । जतिबेला बेलायती साम्राज्यमा कहिल्यै सूर्य अस्ताउँदैन भन्ने गरिन्थ्यो, नेपालले आफ्नो स्वतन्त्र र सार्वभौम अस्तित्वलाई जोगाइ राख्यो, जसका लागि नेपालले बेलायतसँग युद्धसमेत गर्नु परेको थियो । यसरी एक स्वतन्त्र राष्ट्रका रूपमा नेपालको पहिचान र अस्तित्वको लामो...