सुशासन र आर्थिक सुधार
इतिहास केवल अतीतको घटनाक्रमको अभिलेख मात्र होइन । वास्तविक इतिहास भनेको अतीतको यथार्थ र वस्तुपरक विश्लेषण हो । इतिहासका पाना पल्टाउँदा संसारमा अनेकौँ सभ्यता, साम्राज्य र शासन व्यवस्था उदाएको र कालान्तरमा पतन भएको पाइन्छ । असिरियन, रोमन, पर्शियन, ग्रिक, मौर्य, मुगल, अरब, ख्मेर, चिनियाँ, जापानी, मङ्गोल, बाइजेन्टाइन, एज्टेक, ओटोमन, पोर्तुगाली, टर्किस, डच, जर्मन, फ्रान्सेली, बेलायती, रुसीलगायत थुप्रै साम्राज्यको उदय र पतन भएको इतिहास साक्षी छ । इतिहासको चक्र सधैँ अगाडि बढिरहन्छ । समय कहिल्यै पछाडि फर्कंदैन । संसारमा सबै कुरा परिवर्तनशील छन् । परिवर्तन नै प्रकृतिको स्थायी विशेषता हो । घटना दोहोरिएको जस्तो देखिए पनि वास्तवमा तिनले ठ्याक्कै पुनरावृत्ति गर्दैनन् । कार्ल माक्र्सका अनुसार इतिहास पहिलो पटक दुःखान्तका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा दोहोरिन्छ । तथापि, इतिहास अतीतकै ढाँचामा पुनः दोहोरिँदैन । घटना मिल्दोजुल्दो देखिए पनि इतिहास उस्तै ढङ्गले दोहोरिँदैन । त्यसैले भनिन्छ– इतिहास ठ्याकै दोहोरिँदैन, दोहोरिए जस्तो मात्र देखिने हो । मानिसले इतिहासका घटनाबाट पाठ सिकेर भविष्यको दिशा कोर्न...