बिआरआईप्रति प्रधानमन्त्रीको स्पष्ट धारणा के हो ?
युवनाथ लम्साल:- १३ मंसिर २०८१, बिहिबार :- प्रधानमन्त्री केपी शर्मा ओली अर्को साता मङ्सिर १७ गते चीनको पाँच दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दै छन् । चीनका प्रधानमन्त्री ली चाङको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई सबै क्षेत्रबाट चासो तथा उत्सुकताका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो तेस्रो कार्यकालमा अहिलेसम्मको परम्परा तोड्दै आफ्नो पहिलो औपचारिक भ्रमण चीनबाट गर्दै छन् । चार महिनाअघि प्रधानमन्त्रीको पदभार सम्हालेपछिको चीन भ्रमण पक्कै पनि पहिलो द्विपक्षीय भ्रमण हो । तर यो उनको पहिलो विदेश भ्रमण भने होइन । सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका गएका थिए । भारतीय सञ्चारमाध्यमले यस भ्रमणलाई लिएर नेपालको परराष्ट्रनीति चीनतर्फ झुकेको भनेर चित्रण गरेका छन् । भारतीय सञ्चारमाध्यमले नेपाल र भारतबीचको सम्बन्ध खासगरी ओली र मोदीबीचको असहज सम्बन्धलाई पनि यस भ्रमणसँग जोडेर चित्रण गरेका छन् । यद्यपि, यो सत्य होइन । पहिलो, नेपाल एक स्वतन्त्र र सार्वभौम देश हो र नेपालका प्रधानमन्त्रीले आफूले कुन समयमा कुन देश भ्रमण गर्ने भन्ने कुरा स्वतन्त्र ...