कूटनीतिक आयाम
कौटिल्य अथवा चाणक्यलाई आधुनिक कूटनीतिक राज्य सञ्चालन कलाका जनकका रूपमा मानिन्छ । कौटिल्य सूक्ष्म, दूरदर्शी र चतुर राजनीतिक चिन्तक थिए, जसले शासक तथा कूटनीतिज्ञहरूका लागि प्रस्तुत गरेका सिद्धान्त आज पनि विदेश नीति र शासनकलाको आधारस्तम्भका रूपमा प्रयोग भइरहेका छन् । विशेषतः भारतले आफ्नो कूटनीतिक व्यवहारमा कौटिल्यका अनेकौँ रणनीतिलाई अवलम्बन गरेको मानिन्छ । कौटिल्यको सिद्धान्त आधुनिक कूटनीतिक अभ्यासमा यथार्थवादी दृष्टिकोणको प्रारम्भिक अभिव्यक्ति मानिन्छ । यो दृष्टिकोण आदर्शवादी धारणाको ठ्याक्कै विपरीत छ र विद्यमान शक्ति सन्तुलन, क्षमतागत वास्तविकता तथा रणनीतिक परिवेशलाई कूटनीतिक क्रियाकलापको मुख्य आधार मान्छ । कौटिल्यले कूटनीति र शासनकलाका तीन मूल स्तम्भ धन, सेना र जन बललाई मान्छन् । यी तीन स्तम्भमध्ये धनलाई सबैभन्दा शक्तिशाली ठान्छन् । उनले भनेका छन्, ‘ढुकुटीको बलबाटै सेना र सैन्य शक्तिको उत्पन्न र विकास हुन्छ ।’ कौटिल्यको दृष्टिकोणलाई यथार्थवादी मात्र होइन, केही हदसम्म ‘प्रभुत्ववादी र आक्रामक’ शासकीय र विदेश नीतिको मोडेलको रूपमा पनि व्याख्या गरिन्छ । जसलाई आजका केही पश्चिमी शक्ति र तिन...